आज पनि हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना
४ वैशाख, काठमाडाैँ । आज पनि हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले अहिले माैसम सफा रहेको स्थानहरूमा समेत बदली भइ हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले सफा रहेको ठाउँको मौसम पनि बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना छ । केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ ।
प्रकाशित मिति : 09:28









