यिनै हुन सेवाग्राहीसँग २० हजार घुस खाने चन्द्रागिरी नगरपालिकाका प्रकाशचन्द्र भट्टराई
३ वैशाख, काठमाडाैँ । चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएकाे छ । उनलाई नगरपालिका कार्यालय परिसर बाहिरबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
प्रकाशित मिति : 10:47









