१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो लाग्दा दाङमा १ जनाको मृत्यु

३ बैशाख, दाङ । आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर ज्यान गएको हो ।

लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएर आगो लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:23