१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

प्रहरीलाई तीन लाख ५० हजार घुस खुवाउन खोज्ने नुवाकोटका भरत तामाङसहित तीन पक्राउ

१ वैशाख, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा५ख ४८४२ नंको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई रु तीन लाख ५० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालकसमेत तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बसका चालक काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राति उक्त बस जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 20:21