२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

७ तस्बीरमा हेर्नुहोस् ३ जनाको ज्यान जानेगरी लुक्लामा भएको विमान दुर्घटना


१ वैशाख, काठमाडाैँ । लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुरक्षाकर्मी र एक जना समिट एयरका को पाइलट रहेका छन । लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार दुर्घटनामा परेर विमानका १ सहचालक र २ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको हो । दुर्घटनामा २ जना घाइेत भएका छन । घाइतेहरूलाइ हेलिकप्टरबाट काठमाडाैँ ल्याइँदैछ । यात्रुहरू अोरालेर मन्थली फर्कन लागेको बेलामा विमान धवनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किएको थियो । ९ एन एएनएच कल साइन भएको समिटको विमान दुर्घटनामा परेको हो । दुर्घटनामा मनाङ एयरको हेलिकप्टरमा पूर्ण क्षति भएको छ भने श्रीएहरको हेलिकप्टरमा अांशकि क्षति भएको छ । गोमाको विमानको अगाडीको भागमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार १०:०७

https://srdb.com.np/