२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

लुक्ला विमान दुर्घटना अपडेटः २ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर


१ वैशाख, काठमाडाैँ । लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुरक्षाकर्मी र १ जना समिट एयरका को पाइलट रहेका छन ।

लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र २ सुरक्षाकर्मीको मृत्यु भएको हाे । मृत्यु हुनेमा असई रुद्रबहादुर श्रेष्ठ, समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेका छन् ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको हो । दुर्घटनामा २ जना घाइेत भएका छन । घाइतेहरूलाइ हेलिकप्टरबाट काठमाडाैँ ल्याइएकाे छ । यात्रुहरू अोरालेर मन्थली फर्कन लागेको बेलामा विमान धवनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किएको थियो । ९ एन एएनएच कल साइन भएको समिटको विमान दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०९:४७

https://srdb.com.np/