२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

Breaking लुक्लामा गोमा (समिट) एयरको विमान दुर्घटना


१ वैशाख, काठमाडाैँ । लुक्लामा गोमा (समिट) एयरको विमान धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुरक्षाकर्मी र एक जना समिट एयरका को पाइलट रहेका छन । लुक्ला विमानस्थलका प्रबन्धनक इमनाथ अधिकारीका अनुसार घटनामा परेर विमानका एक सहचालक र एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएको हो । दुर्घटनामा तीन जना घाइेत भएका छन । घाइतेहरूलाइ हेलिकप्टरबाट काठमाडाैँ ल्याइँदैछ । यात्रुहरू अोरालेर मन्थली फर्कन लागेको बेलामा विमान धवनमार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किएको थियो । ९ एन एएनएच कल साइन भएको समिटको विमान दुर्घटनामा परेको हो । (यसअघि दुईजनाको मृत्यु भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।–सम्पादक)

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार ०९:२७

https://srdb.com.np/