२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

भ्यानकाे ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु


३० चैत, जनकपुर । धनुषामा भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको घटनास्थलमै मृत्यू भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिकाका ३० वर्षिय श्याम चौधरी र उनकै ११ वर्षीय छोरा अमन चौधरी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

फाइल फाेटाे

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ख ८४३२ भ्यानले बाबुछोरा सवार बा ७१ प १९६३ नम्बर मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। मोटरसाईकललाई ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार २०:४६

https://srdb.com.np/