२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सुनसरीमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु, घाइते दुई जनाको अवस्था गम्भीर


३० चैत, इटहरी । शुक्रबार राति धरानबाट आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।धरानबाट इटहरीतर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले त्यही दिशाबाट आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टर सेउती पुलनजिक इटहरीबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ बसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा  इटहरी–५, का अनिल श्रेष्ठ, धनकुटा महालक्ष्मी नगरपालिकाका जनक वुढाथोकी र इटहरी–४, का मदन लिम्बूको मृत्यु भएको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कार चालक र ट्रयाक्टर चालक गम्भीर घाइते भएका छन् । दुवैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार ०९:०२

https://srdb.com.np/