१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नेपाली सेना लिबियाबाट फर्कदैन, हल्लाका पछि नलाग्न सैनिक जनसम्पर्क निर्देशनालयकाे अनुरोध

२९ चैत, काठमाडाैँ । नेपाली सेनाले अफ्रिकी राष्ट्र लिबियामा तैनाथ नेपाली शान्ति सैनिक त्यहाँबाट हट्न लागेको भन्ने समाचारमा सत्यता नभएको स्पस्ट गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ–‘मिसन हेडक्वार्टर लिबियामा नै रहेको अवस्थामा नेपाली शान्ति सैनिक लिबियाबाट फिर्ता हुन लागेको भनी सम्प्रेषित आधारहीन समाचारबाट दिग्भ्रमित नहुन नेपाली सेना अनुरोध गर्दछ ।’

त्यहाँ तैनाथ मिसन हेडक्वार्टरको सुरक्षाको जिम्मेवारी नेपाली शान्ति सैनिकले गरिरहेको जानकारी दिँदै सेनाले अन्तर्राष्ट्रिय समुदायमा नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको जनाएको छ । रासस

प्रकाशित मिति : April 12, 2019 at 10:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/