१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

समृद्ध नेपाल निर्माणका लागि माटो सुहाउँदो शिक्षा आवश्यकः उपप्रधानमन्त्री पोखरेल


२९ चैत, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको शिक्षा प्रणाली सुधारमा लागेको बताएका छन् । टंगाल माध्यामिक विद्यालयको ५६ औं वार्षिक उत्सवमा पुगेका मन्त्री पोखरेलले समृद्ध नेपाल निर्माणका लागि माटो सुहाउँदो शिक्षा आवश्यक देखिएकाले सरकार त्यसैको तयारीमा लागेको बताए । उनले भने,‘समृद्ध नेपाल निर्माणको दिशामा सरकार लागि अग्रसर छ । त्यसका लागि आधार तयार हुनु जरुरी छ । त्यो भनेको नीति निर्माण हो । सरकारले त्यो काम पुरा गरि सकेको छ । त्यसको परिणाम अव देखिन थाल्नेछन् । व्यवहारिक शिक्षा त्यसैको एउटा नमुना हो । समृद्ध नेपाल निर्माणका लागि त्यस्तै शिक्षाको आवश्यकता छ ।’


कार्यक्रममा रक्षामन्त्री पोखरेलले विद्यालयका विद्यार्थी, अवकास प्राप्त तथा अवकाशोन्मुख शिक्षक, लामो समयदेखि शिक्षण क्षेत्रमा लागेका शिक्षकलाई सम्मान गरेका थिए । कार्यक्रममा उनले भने,‘विद्यालय विकासका लागि सवै खालको सहयोग गर्न सरकार तयार छ । म यही क्षेत्रको प्रतिनिधि । यहाँको विद्यालय सुधार मेरो दायित्व हो । विद्यालयले प्रस्ताव लिएर आओस् । विद्यालय समृद्धिका लागि सरकार सवै खालका सहयोग गर्न तयार छ ।’

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले शिक्षक समय अनुसार आफ्नो वृद्धिविकासमा लाग्नु आवश्यक रहेको बताए । उनले भने,‘शिक्षक समय अनुसार आफ्नो अपग्रेडमा लाग्नु पर्छ । त्यसो गर्न नसकिए नयाँ पुस्तालाई ठाउँ खाली गर्नु पर्छ । तब मात्रै मुलुकको शैक्षिक विकास हुनसक्छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार २१:०९

https://srdb.com.np/