१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

डोलिन्द्रप्रसाद शर्माले अझै ठग्ने डर, साझा प्रकाशनले निकाल्यो यस्तो सूचना


२९ चैत, काठमाडाैँ । अनियमिततामा अब्बलता देखाएका साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्र शर्माले अझै ठग्न सक्ने डर साझा प्रकाशनमा देखिएको छ । बर्खास्त हुनुअघि नै राजिनामा दिएर बाहिरिएका शर्माले फेरि ठग्न सक्ने डरले साझाले एउटा सार्वजनिक सूचना नै जारी गरेको छ । शर्माले साझाभित्र बसेर वेथिति नियन्त्रणको नाममा गरेका अनेक हर्कतले प्रकाशन झस्किएको छ । चैत १ गतेदेखि नै लागू हुनेगरी राजिनामा स्वीकृत भैसकेको छ ।

तत्कालीन शिक्षामन्त्री कांग्रेस नेतृ चित्रलेखा यादवलाइ मोटो रकम बुझाएर महाप्रबन्धक हात पारेका शर्माको साझाभित्र एकदर्जन काण्डहरू चर्चित छन । साझाले डोलेन्द्रसँगसँग कुनै पनि काम कारबाही तथा कारोबार नगर्न/नगराउन उसले सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । सूचनामा लेखिएको छ, ‘साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको मिति २०७५/१२/१ देखि लागू हुनेगरी राजीनामा स्वीकृत भएकाले निजसँग साझा प्रकाशनसम्बन्धी कुनै पनि काम कारबाही तथा कारोबार नगर्न नगराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०८:५८

https://srdb.com.np/