३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

क्रसर उद्योगलाई कारवाहीकाे माग


२८ चैत, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश पर्यटन विकास’ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा पठाइयोस् भनी राखिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशसभा नियमावली २०७४ को नियम ९४ (१) (ख) र नियम ९५ बमोजिम उक्त प्रस्ताव निर्णयार्थ बैठकमा पेश गर्नुभएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले उक्त प्रस्तावमाथि सात प्रदेशसभा सदस्यले संशोधन गरेको बताए ।

यसैगरी आजकै बैठकमा प्रदेश नियमावली, २०७४ को नियम ९२ र नियम ९५ बमोजिम प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक, २०५७ सदनमा निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ ।

सामाजिक विकासमन्त्री घिमिरेले उक्त प्रस्तुत गर्दै प्रदेशको आर्थिक कार्यविधिलाई नियमित र व्यवस्थति बनाउन प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ दफा ९ मा पूर्वबजेट छलफलको व्यवस्था अवधि लामो भई कार्यसम्पादनमा कठिनाइ भएकाले यस सम्बन्धमा कानूनी व्यवस्थालाई संशोधन गरेको उल्लेख गरे ।

 

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार २३:१५

https://srdb.com.np/