१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

पत्रकार महासंघ नवलपुरः पत्रकार भन्दा कांग्रेसको परिवारजस्तो, क्रियाशिलको सदस्यतामा कैँची


२९ चैत, कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले सदस्यता शुद्धिकरणको नाममा मनोमानि गरेको छन् । महासंघ केन्द्रको परिपत्र अनुसार चैत मसान्त सम्ममा जिल्लामा क्रियाशिल हुने पत्रकारहरुको सदस्यता नविकरणको लागि मिती तय गरिएको थियो । सोही परिपत्रको आधारमा जिल्ला कार्यसमितिको निर्णय अनुसार चैत मसान्त भित्र सदस्यता नविकरणको लागि आउन महासंघले सदस्यहरुलाई परिपत्र समेत गरेको थियो । तर, महसंघका अध्यक्ष रानाभाटले नविकरण गर्न समय बाकीँ रहदै एक्लौटी रुपमा २०७६ बैशाख २ गतेको मितिमा सदस्यता नविकरण गरिएको पत्र केन्द्रीय महासंघमा पठाएका छन् ।

उनले चैत २७ गते नै २०७६ बेशाख २ गतेको मितिमा सदस्यता नविकरणको लागि भन्दै केन्द्रमा पत्र पठाएका हुन् । १ सय ११ जना सदस्य रहेको महासंघमा उनले ७२ जनाको मात्रै सदस्यता नविकरणको लागि पत्र पठाएका हुन् । सदस्यता नविकरणको लागि मिति हुदाहुदै उनले एक्लौटी रुपमा पत्र पठाएपछि जिल्लामा क्रियाशिल पत्रकारहरुले आपत्ति जनाएका छन् ।

उनले प्रेस संगठन नेपालमा आवद्ध क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण नै गरेका छैनन् । केही सदस्यहरुको मात्रै सदस्यता नविकरण गरेर उनले धेरै सदस्यहरुको नविकरण गरेका छैनन् । प्रेस युनियन सम्बद्ध पत्रकारहरुमा पनि उनले आफु इतरका क्रियाशिल सदस्यहरु कै नाम नविकरणको लागि सिफारिस गरेका छैनन् । त्यसमा जिल्ला कार्यसमिति सदस्य कृष्ण कुमारी ढकाल र सञ्जय भट्टराईको समेत उनले सदस्यता नविकरण गरेका छैनन् ।

नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट ।

नेविसंघका नेता भट्टराई राजनितिक पहुँच कै आधारमा महासंघको सदस्यता पाएका थिए भने केही समय अगाडी कार्यसमितिमा समेत निर्वाचित भएका थिए । तर महासंघ अध्यक्ष रानाभाटले आफु इतरको समुहबाट महासंघको नेतृत्वमा आएका भट्टराई र प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका केवी रानाकी श्रीमति महासंघ कार्यसमिति सदस्य कृष्ण कुमारी ढकालको सदस्यता नै नविकरण गरेका छैनन् ।

दुई जिल्लामा विभाजन भएपस्चात नवलपुर शाखाको केही समय अगाडी मात्रै रिक्त पदमा निर्वाचन भएको थियो । प्रेस युनियनबाट उपाध्यक्षको उम्मेदवार बनेका श्रीराम सिग्देललाई युनियनबाट नै असहयोग भएपछि एक मतले मात्रै उनि निर्वाचित भएका थिए । सोही निर्वाचनमा उनलाई असहयोग गर्ने प्रेस युनियनका सदस्य र प्रेस संगठनका सदस्यहरुको उनले नविकरण नगरि नामावली केन्द्रमा पठाएका हुन् । जिल्ला विभाजन भएपछि जिल्ला कार्यसमितबाट राजिनामा दिएर प्रेस संगठनबाट सचिव पदका उम्मेदवार बनेका तिर्थराज डुम्रेको सहित प्रेस संगठनका क्रियाशिल सदस्यहरु कै उनले सदस्यता नविकरण गरेका छैनन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष रानाभाटलाई पत्रकार महासंघमामा पटकपटक एक्लौटी गर्ने गरेको आरोप लाग्ने गर्छ । यस अघि सदस्यता वितरणको समयमा महासंघमा उनले नै गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गर्दै महासंघमा आप्mनो पकड जमाउन लागि परेको आरोप लागेको थियो ।

यता महासंघका अध्यक्ष रानाभाटले भने पत्र बाहिरिएपछि आप्mनो बचाउ गर्दै सो नामावलि छलफलको लागि मात्रै प्रस्तुत गरिएको बताएका छन् । गैर पत्रकारको सदस्यता खारेजि गर्न प्रतिबद्ध रहेको उनले बताउने गरेपनि उनले आप्mनो पकडका शिक्षक, सरकारी कर्मचारी, गाउँले गैर पत्रकारहरुको भने सदस्यता नविकरणको लागि सिफारिस गरिसकेका छन् ।

महासंघको विद्यान अनुसार कुनैपनि राजनितिक दलको पदिय जिम्मेबारीमा रहेका व्यक्ति महासंघको कार्यसमितिमा रहन पाईदैन तर उनि जिल्ला कार्यसमिति सदस्यबाट राजिनामा दिएको फर्जि कागज बनाई जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

सधै जसो विवादमा आउने महासंघ अध्यक्ष होमराज रानाभाटले यसअघि बुलिङ्गटार गाउँपालिकाबाट अध्यक्ष पदको टिकट नपाएपछि कांग्रेस महामन्त्री शशांक कोइरालाप्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालबाटै २०६४ र २०७० मा भएको निर्वाचनमा शशांक कोइरालालाई विजयी गराउन तत्कालिन डाँडाझेरी गाउँपालिकामा बुथ क्याप्चर गरेको भन्दै पोष्ट गरेका थिए । पछि उनले सो स्टाटस फेसबुकबाट हटाएका थिए ।

उनले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा विभाजन पूर्व नै आर्थिक हिनामिना गर्ने गरेको आरोप लागेको थियो । सो समयमा उनले जिल्लाका स्थानीय तहको आर्थिक सहयोगमा आयोजना गरेका कार्यक्रमको आर्थिक विवरण नै लुकाएका थिए । उनले जिल्ला विभाजन पूर्व नै महासंघको छुट्टै खाता खोलि गोप्य रुपमा आर्थिक कारोवार गर्दै आएको स्रोतको दावी छ ।

हाल निर्वाचित कार्यसमितिम पनि क्रियाशिल भन्दा पनि गैर क्रियाशिल सदस्य बढी छन् । महासंघका सचिव प्रेम न्यौपाने स्थानीय सामुदायिक विद्यालयका प्रधानाध्यापक हुन् , कोषाध्यक्ष ईश्वरी चापागाई क्याम्पस प्रध्यापक तथा जननिर्वाचित जनप्रतिनिधि हुन्, त्यस्तै नेवि संघका नेता समेत रहेका सञ्जय भट्टराई स्थानीय सामुदायिक विद्यालयका सहायक प्रधानाध्यापक हुन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०८:२०

https://srdb.com.np/