१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

एयरपोर्ट ट्याक्सीको साधारणसभा सम्पन्न


२८ चैत, काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिको वार्षिक साधारणसभा काठमाडौँको रोयल बैंक्वेटमा बिहिबार सम्पन्न भयो । सभाको उद्घाटन संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले गरे ।

कार्यक्रमको उद्घाटन गर्दै विडारीले यातायात व्यवसायीहरु कम्पनीमा जानैपर्ने र सिण्डीकेट हटाउ भन्दा व्यावसायीहरु डराउन नहुने बताए । उनले सिण्डीकेट हटाउन सबैले सहयोग गर्नुपर्ने तर सरकारले सम्पुर्ण यातायात क्षेत्रलाई व्यवस्थाप गर्न नसकेको बताए । सांसद विडारीले यातायात व्यवसायी र रोजगारदाताविच समन्वयको अभाव देखिएको भन्दै सवारी चालक १० कक्षा पढेको हुनैपर्ने बताए । उनले भने सामान्य ट्राफिक नियम जान्नको लागी पनि सामान्य पढाइ हुनुपर्छ ।  

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिका अध्यक्ष विजयबहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमामा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सम्पुर्ण यातायात व्यावसायीहरु आगामी जेठसम्ममा कम्पनीमा जान तयार रहेको बताए । उनले यातायात क्षेत्रको समस्या हल गर्न अधिकार सम्पन्न प्रधिकरण बन्नुपर्ने बताए ।

कार्यक्रममा मजदुर नेता तथा प्रदेशसभा सदस्य जगत सिंखडाले राज्यको निती निर्माण तहमा यातायात व्यावसायीलाई बेवास्ता गरिएको बताए । उनले सरकार समृद्धिको नाममा रेल र जलमार्ग भनेर फोस्रा गफमात्र गर्ने तर भएको यातायात क्षेत्रलाई व्यावस्थीत गर्न नसकेको आरोप लगाए । उनले स्वरोजगार मजदुरलाई सरकारले रोजिरोटीबाट विमुख गर्नु नहुने बताए ।

कार्यक्रममा विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिका प्रवन्ध निर्देशक पुरुषोत्तम सिंखडा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष दिपक अधिकारी, कहासचिव सरोज सिटौला, नेपाल ट्रेड युनियनका दिपक राई, नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय राईलगायतले शुभकामना मन्तव्य दिएका थिए । आजै भएको बन्द सत्रले पुरानै कार्यसमितिलाई चयन गरेको छ । एरपोर्टमा चल्ने हरियो नंबर प्लेटका २ सय ट्याक्सी कम्पनीमा आवद्ध छन ।

कम्पनीको सेयर पुँजी १ करोड ४२ लाख १४ हजार रहेको र कम्पनीको जम्मा आन्दानी २ करोड ३३ लाख ३३ हजार ६ सय ६२ तथा खर्च २ करोड १५ लाख २९ हजार ३ सय ५४ रहेको छ । कम्पनीले गत आवमा ९ लाख २५ हजार ४ सय ४८ रुपैया नाफा गरेको कम्पनीका प्रवन्ध दिर्नेशक पुरुषोत्तम सिंखडाले बताए ।

आजै भएको बन्द सत्रले अध्यक्षमा पुन विजयबहादुर स्वार, प्रवन्ध निर्देशकमा पुरुपाोत्तम सिंखडा, संचालकहरुमा प्रदेशसभा सदस्य राजेन्द्र गुरुङ र झलक(देवी) कार्कीलाई चयन गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार २१:३४

https://srdb.com.np/