१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बँदेलको आक्रमणबाट महोत्तरीमा ९ जना घाइते, ३ को अवस्था गम्भीर


२८ चैत, महोत्तरी । बँदेलको आक्रमणमाबाट महोत्तरीकाे बर्दिवास नगरपालिका पशुपतिनगर ९ जना घाइते भएका छन् ।  घाइतेमध्य  ३ काे अवस्था गम्भीर घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

बँदेलको आक्रमणबाट गम्भीर घाइते भएकी घुरनी देवी महतोलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धरान रेफर गरिएको छ । त्यस्तै सुभाष आलेलाई जनकपुर अञ्चल अस्पताल र कालाबत्ती देवीलाई उपचारको लागि लालगढस्थित मोडेल हस्पिटलमा लगिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १६:४३

https://srdb.com.np/