१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

गुल्मी जिप दुर्घटना अपडेट : नेपाली कांग्रेसका पूर्वसांसद भण्डारीसहित ३ जनाकाे मृत्यु


२८ चैत, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । उपचारको लागि पाल्पा लैजाने क्रममा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापाकाे मृत्यु भएकाे हाे ।

त्यसअघि नेपाली कांग्रेसका पूर्वसांसदसमेत रहेका धुर्कोट गाउँपालिका वस्तु निवासी ७२ वर्षीय रुद्रमणि शर्मा भण्डारी र ८ वर्षीय ओश्कर विकको मृत्यु भएको थियो । बिहीबार बिहान गुल्मीको दर्लिङ्गबाट बुटवल जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेको थियो । जिपमा १० जना सवार थिए ।

जिल्ला अस्पताल गुल्मी र वामी टक्सारमा घाइतेहरुकाे उपचार भ्रहेकाे छ । दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस, मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराईरहेकाे  गुल्मी प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १२:२६

https://srdb.com.np/