१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीकाे ठक्करबाट १ जनाको मृत्यु, १ घाइते


२८ चैत, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीकाे ठक्करबाट १ जनाको मृत्यु भएकाे छ भने अर्का १ जना घाइते भएका छन् ।

गएराति पूर्वराजा शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फाइल फाेटाे

ठक्कर दिने गाडी सशस्त्र प्रहरी बलका जवान दीपेन्द्रप्रसाद लम्सालले चलाएका थिए । प्रहरी स्राेतका अनुसार, गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार १२:०४

https://srdb.com.np/