१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

खानेपानीका हाकिमको चर्तिकला, युवतिलाई क्वाटरमा राखेर बलात्कार गर्न खोज्दा पक्राउ


२७ चैत, भरतपुर । श्रीमति नभएको माैकामा क्वाटरमा बोलाएर युवतिलाई बलात्कार गर्न खोज्ने प्रजापति दाहाल पक्राउ परेका छन ।  दाहाल भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक हुन । दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेका थिए । युवतीले प्रहरीमा उजुरी दिएपछि दाहाल पक्राउ परेका हुन् ।

दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएर बलात्कार गर्न खोजेका थिए तर युवतीले भागेर ज्यान जोगाइन । भाग्नेक्रममा  युवतीको खुट्टासमेत मर्किएको छ । दाहालले बलात्कार गर्नका लागि युवती चढेर आएको स्कुटर र मोवाइल समेत जफत गरेर राखेका थिए । त्यसपछि राति नै युवती अटो चढेर भागेकी थिइन । दाहाल अहिले प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार २२:३२

https://srdb.com.np/