१ जेष्ठ २०८१, मंगलवार | Wed May 15 2024

दिल्लीका लागि उड्न लागेको जेट एयरको विमान ठुलाे दुर्घटनाबाट जोगियो


२७ चैत, काठमाडौँ ।  काठमाडौँबाट दिल्लीका लागि उड्न लागेको जेट एयरको विमान ठुलाे दुर्घटनाबाट जोगिएको छ । जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएका थिए ।

उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएर विमान पार्किङ वेमा फर्काएकाले दुर्घटनाबाट जोगिएको बताइएकाे छ ।

विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १८:५१

https://srdb.com.np/