१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बारा र पर्साका हावाहुरी पीडितका लागि काठमाडौँ महानगरले प्रधानमन्त्रीलाई बुझायो ४० लाख


२७ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि ४० लाख भन्दा बढी सहयोग गरेको छ । यसअघि घोषणा गरेबमोजिम महानगरपालिकाले ४० लाख ३१ हजार ४ सय १३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरे । चैत १७ गते राती बारा र पर्सामा भिषण हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १७:५३

https://srdb.com.np/