१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

तिब्बती धर्मगुरु दलाई लामा छातीमा संक्रमण भएपछि अस्पताल भर्ना 

२७ चैत, काठमाडौँ । छातीमा संक्रमण भएपछि तिब्बती धर्मगुरु दलाई लामालाई भारतको दिल्लीस्थित अस्पतालमा भर्ना गरिएको छ । तर यी ८३ वर्षीय धर्मगुरुको स्वास्थ्यस्थिति स्थिर रहेको उनले बताए ।

सन् १९५९ मा चिनियाँ अतिक्रमणविरुद्धको असफल आन्दोलनपछि भागेर भारतमा शरण लिन पुगेका दलाई लामा भारतको हिमांचल प्रदेशमा रहेको धर्मशालामा बसिरहेका थिए ।

चिकित्सकहरूका अनुसार छातीमा संक्रमय भएका लामाको अवस्था स्थिर छ । भारतमा बस्ने लगभग १ लाख तिब्बतीहरू दलाई लामाको शेषसँगै स्वतन्त्र तिब्बतको संघर्ष सकिने भय लिएर बसेका छन् ।

द गार्डियनबाट

प्रकाशित मिति : 15:45