१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

धनगढीबाट अछाम जाँदै गरेको बस दुर्घटना, ३१ जना घाइते

२७ चैत, डडेल्धुरा । धनगढीबाट अछाम जाँदै गरेकाे यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना भएकाे छ । ना ४ ख ६८३६ नम्बरको बस बुधबार बिहान करिब २ः३० बजे दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।

घाइते भएका ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालकाे भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय खुलेको छैन । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जानकारी दिएकाे छ । बस ब्रेक फेल भएर मोडमै पल्टेको जनाइएकाे छ ।

प्रकाशित मिति : 08:41