१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

जाजरकोटको नलगाडमा सात जना यात्रु चढेको जीप भीरबाट खस्यो


२६ चैत, जाजरकोट । जाजरकोटको नलगाडमा सात जना यात्रु चढेको जीप भीरबाट खसेको छ । जिल्लाको रग्दाबाट दल्लीतिर आउँदै गरेको ग १ ज ५२१८ नम्बरको जीप नलगाड नगरपालिकाको-९, दारिमपाटा नजिकैको गुयाभिरबाट खसेको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।

दुर्घटनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ की लक्ष्मी नेपालीका ४ वर्षका छोरा विवेक नेपालीको घटनास्थलमै ज्यान गएकाे र अरु ६ जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेमा मृतक नेपालीकी आमा २३ वर्षीया लक्ष्मी नेपाली , नलगाड नगरपालिका-९ का चालक २२ वर्षीय राजेन्द्र वि.क, नलगाड-१० का तेज बहादुर वि .क., नलगाड-११ का १७ वर्षीय दुर्गेश बानियाँ र १६ वर्षीय खीमा बानियाँ तथा नलगाड-१ का ११ वर्षीय भरत परियार रहेका छन् ।

घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको छ । घाइतेमध्ये तेज बहादुर वि.क र राजेन्द्र वि.क गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार २१:४०

https://srdb.com.np/