१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जना भक्तपुरबाट पक्राउ

२६ चैत, काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथली डेरा गरी बस्ने झापाका सन्तोष लिम्बुको अपहरणमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँको कपन बस्ने धनलाल श्रेष्ठसहित ४ जना रहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

फाइल फाेटाे

झापाको दमक नगरपालिका–९ दुधे स्थायी घर भएका लिम्बुलाई सोमबार धनलाल श्रेष्ठको समुहले बा.९ च १८०१ नम्बरको कारमा जबर्जस्ती राखेर अपहरण गरेका थिए ।

अपहरण भएको खबर आउनासाथ जगाती वृत्तबाट खटिएको प्रहरी टोलीले अपहरण कार्यमा संलग्नहरुलाई भक्तपुर नगरपालिका–९ ब्रम्हायणीबाट सन्तोष लिम्बुको उद्धार गरेको थियो । घट्नाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : 14:53