१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट

२६ चैत, काठमाडौँ । काठमाडाैँकाे जोरपाटीमा दिउँसै खुकुरी देखाएर पाथीभरा मनि ट्रान्सफरको ३ लाख लुटपाट भएकाे छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको पाथीभरा मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौँ प्रहरी जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा मोटरसाइकलमा आएका तीन जना लुटेराले खुकुरी देखाउँदै थुतेर भागेका हुन् ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : 13:51