१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

लगानीकर्तालाई भ्रममा नपार्न धितोपत्र बोर्डकाे अाग्रह

१९ चैत, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले गैरकानुनी ढंगबाट धितोपत्र सार्वजनिक निष्काशन नगर्न तथा लगानीकर्तालाई भ्रममा नपार्न आग्रह गरेको छ ।

एक सूचनामार्फत ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ को दफा २७ ले संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नुअघि बोर्डमा दर्ता गराउनुपर्ने स्पष्ट कानूनी प्रावधान रहेको भनी बोर्डले सचेत गराएको छ । कतिपय जलविद्युत् कम्पनीले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशन गरेको पाइएको जनाइएको छ ।

धितोपत्रसम्बन्धी प्रचलित कानूनबमोजिमको प्रक्रिया पूरा नगरी सर्वसाधारणसमक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकाले बोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गर्न आग्रह गरिएको छ । गैरकानुनी ढंगबाट सार्वजनिक निष्काशन गरिएका धितोपत्रमा लगानी गर्दा लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने हुनाले त्यस्ता धितोपत्रमा लगानी नगर्न नगराउन बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले विगतमा पनि यस्ता गैरकानुनी तवरले धितोपत्र निष्काशन गर्न लागेका संगठित संस्थालाई रोक लगाएको र लगानीकर्तालाई सतर्क गराइएको स्मरण गराएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार २१:१४