८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

रसुवासहित ७ जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी, हेर्नुहाेस् काे कहाँ

२५ चैत, काठमाडाैँ । गृह मन्त्रालयले रसुवासहित ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयका अनुसार रसुवामा अर्जुन भण्डारी, सिन्धुपाल्चोक जिल्लामा उप–सचिव गोमादेवी चेम्जोङ्गलाई कामु प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।

त्यस्तै, मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ । त्यस्तै रामेछापको प्रमुख जिल्ला अधिकारमा लिलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा र भोजपुरकी प्रजिअ हिरा देवी पौडेललाई मन्त्रालय सरुवा गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति : 18:21