धरानकाे जिरोप्वाइन्टमा बस दुर्घटना, ४ जनाको मृत्यु, ३५ घाइते
२५ चैत, काठमाडौँ । धरानकाे जिरोप्वाइन्टमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएकाे छ भने ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन । घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : 15:14







