११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मलेसियामा नेपाली कामदार बाेकेकाे बस दुर्घटना, २ नेपालीको मृत्यु, १२ जना घाइते 

२५ चैत, काठमाडौँ । आइतबार राती मलेसियाको सेपाङ भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

नेपाली कामदारसहित१४  ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको हाे ।

बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ ।

यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : April 8, 2019 at 1:13 pm