ताप्लेजुङमा भिर काट्ने क्रममा पहराे खसेर जेसिवीसहित पुरिएका चालकको मृत्यु
२४ चैत, ताप्लेजुङ । ताप्लेजुङकाे सिरिजंघा गाउँपालिका-५ पेदाङमा भिर काट्ने क्रममा पहराे खसेर जेसीबीसहित पुरिएका चालकको मृत्यु भएकाे छ । सिन्धुली घर भएका २५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष टिका गुरुङले बताए ।

गुरुङका अनुसार आइतबार बिहान साढे १० बजे मेसिनले मुक्तुरा भिर काटिरहेको थियो । मेसिनसँगै पुरिएका चालकको खोजीका लागि अर्को मेसिन झिकाइएको थियो ।तामाङ दुई दिनअघि मात्रै सिरिजंघामा पुगेका थिए । उनको शव घटनास्थलबाट निकालिएको छ ।
उनीसँगै रहेका सह-चालक भने भागेर बाँच्न सफल भएका छन् ।
प्रकाशित मिति : 17:49









