३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

माेरङकाे उर्लाबारीमा चट्याङबाट बालिकाको मृत्यु

२३ चैत, उर्लाबारी ।  चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ । खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते राजवंशीलाई उपचारका लागि विराट मेडिकल कलेज लैजाने क्रममा उनको मृत्यु भएको हो । बालिकाको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

प्रकाशित मिति : 22:09