बलात्कार गरेको आरोपमा एक पक्राउ
२३ चैत, भीमदत्तनगर । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका– १८ का ३० वर्षीय राजेन्द्र वागचन्द रहेका छन् ।

भीमदत्त नगरपालिका– १८ वागवाण्ी डेरा गरी बस्दै आएकी एक भारतीय मजदुरलाई जबर्जस्ती करणी गरेको आरोपमा वागचन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । दुवै जनालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ ।
प्रकाशित मिति : 22:03









