३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

खुम्बु क्षेत्रमा गएका एक भरियाको मृत्यु

२३ चैत, सोलुखुम्बु । खुम्बु क्षेत्रमा गएका एक भरियाको लेक लागेर मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–१ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक देउप्रसाद लिम्बूले जानकारी दिनुभयो ।

कुलुङको खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लास्थित अमरबहादुर राईको होटलमा लेक लागेर उहाँको मृत्यु भएको हो । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रूपमा नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ जाने क्रममा लबुचे पुग्दा कुलुङ बिरामी भएका थिए । प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार हिमपातका कारण शव ल्याउन सकिएको छैन ।

प्रकाशित मिति : 21:32