नुवाकोटको तारूकामा श्रीकृष्ण क्याम्पस सञ्चालन गर्न महायज्ञ सुरु
–बिष्णु तारूके
२३ चैत, नुवाकोट । तारुका गाउँपालिकाको तारूकामा रहेको श्रीकृष्ण क्याम्पस तथा श्रीकृष्ण माविको लागी जग्गा खरिद तथा भवन निमार्णाथ श्रीमद भागवत सप्ताह महायज्ञको उद्घाटन आज प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले एक समारोह विच गरेका छन । विद्यालय प्राङ्गणमा भएको कार्यक्रमको उद्घाटन गर्दै सांसद तामाङले शिक्षाको विकास विना समाजको विकास संभव नभएको बताए । उनले बिद्यालयको भवन तथा पुर्वाधार निर्माणका लागी सरकारसँग आवश्यक पहल गर्ने बताए । उनले शिक्षा राज्यको दायित्व रहेकाले राज्यले सहयोग गर्नुपर्ने बताए ।
मुल आयोजक समितिका अध्यक्ष तथा तारकेश्वर गाउँपालिका वाड नं. २ का वडाअध्यक्ष समर बहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का सांसद नारायण प्रसाद खतिवडाले विद्यालय जोगाउन र आधुनिक र प्रविधियुक्त शिक्षाको लागी महायज्ञ लगाउनु परेको बताए । सांसद खतिवडाले राज्यको ध्यान गाउँको विकासमा जोड दिए । आजदेखी ७ दिनसम्म पंडित उत्तम भट्टद्वरा कथा वाचन हुने महायज्ञमा आज सुरुको दिन विभिन्न दाताबाट नगद ३ लाख २१ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुर्यमान श्रेष्ठले बताए ।

शनिबार विहान कलस यात्रा सहित सुरु भएको महायज्ञको उदघाटन समारोहमा तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्ती, उपाध्यक्ष तारादेवी रिमाल, जिल्ला समन्वय समिति नुवाकोटको सदस्य सुविना प्रधान, स्कुल व्यावस्थापन समिती अध्यक्ष ज्ञानबहादुर बख्रेल, क्याम्पस संचालक समिति सदस्य विणारत्न शाक्य, वडा नं. ५ का वडाअध्यक्ष चुडामणी गजुरेललगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गरे । आजको कार्यक्रममा क्याम्पस संचालक समितिका पुर्व सदस्य दिलबहादुर भुजेल तथा स्थानिय समाजसेवी पुर्णबहादुर भुजेलद्वरा नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ, तथा रामचन्द्र अधिकारीद्वरा १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोगको घोषणा गरेका छन । माहायज्ञमा स्थानिय र अन्यबाट करिव १ करोड संकलन हुने अनुमान गरिएको प्रचार प्रसार समिति संयोजक राजेन्द्र न्यौैपानेले बताए ।

प्रकाशित मिति : 21:04









