३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

ठूलो परिमाणको अबैध विदेशी मुद्रासहित व्यवसायी सुवास श्रेष्ठको पाँच जनाको परिवार नै पक्राउ

२३ चैत, काठमाडाैँ । नेपाल प्रहरीले अबैध विदेशी मुद्रासहित सुवास श्रेष्ठको पाँच जनाको परिवार नै पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।  थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ जनालाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ ।

प्रकाशित मिति : 10:54