यूएईको आबुधाबीमा अस्पताल जाँदै गरेका नेपाली चढेको ट्याक्सी दुर्घटना दुई नेपालीको मृत्यु
२३ चैत, काठमाडाैँ । यूएईको आबुधाबीमा अस्पताल जाँदै गरेका नेपाली चढेको ट्याक्सी दुर्घटना दुई नेपालीको मृत्यु भएको छ । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।

निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको बताएका छन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ। सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।
प्रकाशित मिति : 10:20









