३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

सुनसरीमा दुई राउण्ड गोली चल्यो

२२ चैत, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सीमामा प्रहरीले गोली चलेकाे छ । सीमा सुरक्षाका लागि बसेका प्रहरीले नजरना असुली गर्दै बसेको र व्यपारी, तस्कार बाहेक सर्वसधारणसँग समेत असली गर्ने क्रममा आक्रोषित स्थानीयले नाराबाजी गरेकाले प्रहरीले गोली चलाएको हो । सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक चन्द्र शाक्यले नरसिंहको घिर्नि पुलमा मलखाद रोकेर पैसा माग्दा नदिएपछि विवाद बढेर भिड जम्मा हुँदा प्रहरीले गोली चलाएको स्थानीयले दाबी गरेका छन् ।

प्रहरीको गोली लागी भोक्राहा नरसिंह गाउँपालिका ८ उल्टीका ३० वर्षिय ज्यावुल मंसुरी घाईते भएका छन् । उनको दाहिने हातमा गोली लागेको र मंसुरीको उपचार इनरुवा अस्पतालमा सम्भव नभएकाले थप उपचारका लागि धरान स्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । मंसुरी फुटबल खेल्न जाने क्रममा प्रहरी र व्यक्तिहरुको भिड हेरेर जादाँ घाईते भएको स्थानीय सञ्चारकर्मीले जानकारी दिएका छन् ।

भोक्राहा नरसिंह ८ र ६ को बीचमा रहेको नहरमा लुकेर बसेको प्रहरीले खादमल नसोधी ल्याएको विषयमा भनाभन भएको र त्यसपछि गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गोलि शाक्यको औलामा लागेको छ । गहुँ काट्नेहरुका अनुसार दुई राउण्ड गोली चलेको थियो । घटनापछि केही बेर अवस्था तनावग्रष्त बनेको थियो । घटनालाई साम्य बनाउन हरिनगर १ का वडा अध्यक्ष अवदुल लतिफ, नेता इसराईल मंसुरी, हसवुल मियाँ र भोक्राहा नरसिंह ८ का वडा अध्यक्ष हातिम अंसारी र प्रहरीहरुको विचमा छलफल भएको थियो ।

स्थानीयहरुले उल्टी बेस क्यम्प, भुटाहा प्रहरी चौकी र सीमा प्रहरी चौकीका प्रहरीहरुले , सुरक्षा भन्दा नजराना असुली गर्ने गरेकाले प्रहरीबाट असुरक्षित भएको गुनासो गरेका छन् । सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले घटनाको पुष्टी गरेका छन् ।

उनले गोली कसरी चलेको र किन चलाउनुपर्ने अवस्था आएको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रतिकृया दिए । अधिकारीले प्रहरी माथि आक्रमणको प्रयास भएकाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भीक जानकारी आएको बताए । प्रहरीको गोली लागी घाईते भएका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ उल्टीका ३० वर्षिय ज्यावुल मंसुरी उपचार गराउदैं ।

प्रकाशित मिति : 20:01