३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

फेवा सिटी र माछा पुच्छेद्वारा बाराका हावाहुरी पीडितलाई खाद्यान्न सामाग्री वितरण

–अभिमन्यु पटेल

२२ चैत, रौतहट । बारा जिल्लामा चैत्र १७ गते आईतवारका दिन गएको महाबिनासकारी हावाहुरी र असिनाबाट पीडित परिवारहरुलाई लायन्स क्लब अफ पोखरा फेवा सिटी र माछापुच्छ्रे भिलेजको संयुक्तत्वमा खाद्यान्न सामाग्री वितरण गरिएको छ । स्वर्ण गाउँपालिकाको वडा नं ६ तेलगाई टोलमा हावाहुरी प्रभावित १८० घर परिवारको लागि लायन्स क्लब अफ पोखरा फेवा सिटी र माछापुच्छ्रे भिलेजले दाल, चामल, बिस्कुट, चाउचाउ, चिउरा,भुजा, कम्मल, झल, पि भि.सी.म्याट, आलु, प्याज, नुन, तेल, लगायत करिव ३ लाख भन्दा बढी मुल्य बराबरको राहत वितरण गरेका हुन ।

लायन्स क्लब अफ पोखरा फेवा सिटीकी अध्यक्ष लायन दुर्गा गिरीले गहिरो दुख प्रक्ट गर्दै विपत्तमा परेका पीडित व्यक्तिहरुको साथमा आफूहरू रहेको सन्देश प्रवाह गर्नु भयो । अध्यक्ष गिरीले देशको कुनै पनि भूभागका नागरिकको पिडा सबै नागरिकको साझा पिडा हो भन्दै दुखको घडीमा सबै एक भएर सामना गर्नुपर्छ भनि बताईन ।

अध्यक्ष गिरीले तिनै तहका सरकार, सुरक्षा अंगहरू र विभिन्न संघ÷संस्थाले राहत तथा उद्धारमा देखाएको योगदानलाई कदर गर्दै भबिष्य पर्न सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न बेलामै उचित सावधानी अपनाउन पनि सरोकारवालाको ठूलो भुमिका हुनु उक्दमै जररी रहेको बताए ।

त्यस्तै लायन शिबराज आचार्यले यस्तो दुखको बेलामा आ–आफ्नो तर्फबाट पनि सहयोग गर्नु भएका फेवा सिटीका उपाध्यक्ष लायन राधिका शर्मा, सचिव गीता कंडेल, लायन्स क्लव अफ पोखरा अमरबुद्द पोखरा डायमन्ड भिलेज पोखरा भृकुटी, पोखरा माछापुच्छ्रे, पोखरा सांग्रीला, बिरुवा बचत तथा ऋण सहकारी तथा अन्य सहयोगी मन प्रति आभार व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रम प्रदेश नं २ का अर्थ राज्यमन्त्री उसा यादव, मान्नीय बलबीर चौधरी, रामजनम यादव, स्थानिय जन प्रतिनिधि, कानुन ब्यबसायी नारायण देवकोटा ,रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष अभिमनु कुमार पटेल, लायन राजु देवकोटा लगायत दर्जनौको सहभागिता रहेको थियो ।
माछापुच्छे

प्रकाशित मिति : 16:27