७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

राजावादीलाई खुशी दिने संविधानविद् डा विपिन अधिकारीको तर्क, भन्छन राजा नफर्कने भन्ने छैन

२२ चैत, काठमाडाैँ । संविधानविद् डा विपिन अधिकारीले राजसंस्थाका बारेमा सनसनीपूर्ण तर्क प्रस्तुत गरेका छन । संविधानको ज्ञाता भनेर चिनिएका डा अधिकारीले शुक्रबार बिहान रेडियो कान्तिपुरको द हेडलाईनर्समा कुरा गर्दै राजा नफर्कने भन्ने सुनिश्चत नरहेको बताएका छन । उनको यो तर्कले गणतन्त्रवादीहरू चिन्तित देखिएका छन भने राजावादीहरू खुशी देखिएका छन । हजाराैँ जनताको बलिदानीबाट स्थापना भएको संघीय गणतन्त्र संस्थागत हुने चरणमै रहेको बेलामा राजसंस्थाका प्रतिनिधिहरूले राजा फर्काउने भन्दै विभिन्न खालका मिसनहरू देखिने र नदेखिने गरी सञ्चालन गरिरहेका छन ।

विगतमा पञ्चेहरूको पार्टी भनेर चिनिएको सबै राप्रपा अहिले राजा फर्काउनुपर्छ भन्ने अभियानमा जुटेको छ । जनमतको हिसाममा शून्यतामा रहेको राप्रपाका नेताहरू अाफ्नै कार्यकर्तालाइ सवारीमा बोकेर मेचिमहाकाली अभियान चलाइरहेका छन । यसले गणतन्त्रविरूद्ध केही गडबड भइरहेको अाभास हुन्छ । संविधानविद् अधिकारीले पनि विभन्न तथ्यहरू प्रस्तुत गर्दै राजावादीको अाशामा बल मिल्ने  तर्क प्रस्तुत गरेका छन ।

अधिकारीको अन्तरवार्ता तल सुन्न सक्नुहुन्छ

 

प्रकाशित मिति : 10:43