७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

विद्यूत चोरी गर्ने कांग्रेसका नेता तारामान लामाको घरमा प्राधिकरणको छड्के, चोरी पुष्टि

२२ चैत, काभ्रे । नेपाली कांग्रेसका नेता समेत रहेका काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष विद्यूत चोरीमा संलग्न भएको पाइएको छ । नेपाल विद्यूत प्राविधिकरण बनेपा शाखाको टोलीले वडाध्यक्ष तारामान लामाको घरमा चोरी गरेको विद्यूतबाट सञ्चालन गरिरहेको सामग्री बरामद गरेको हो । उनको घरबाट फ्रिज र मिटरबक्स निय्रन्त्रणमा लिएको प्राधिकरणका इन्जिनियर नरेश मानन्धरले जानकारी दिए ।

वडाध्यक्ष लामाको घरबाट बरामद भएको फ्रिज
तपाईले चोरी गरेको विद्यूत बाल्दै आइरहनु भएको थियो हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने बत्ती बालेको हो, होइन भन्न त मिल्दैन् । गाउँमा विद्यूत चुहावट भएको गोप्य सुचनाको आधारमा प्राविधिकरणको टोली वडा नम्बर ११ पुगेको थियो । उनी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन ।

वडाध्यक्ष लामाले धेरै पहिलो देखि विद्यूत चोरी गरेर घरमा विद्यूत बाल्दै आएको हुन सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । सर्भिस केबल मिटरबक्समा नजोडि उनले सिधैँ बत्ती बाल्दै आएको भेटिएको हो । तर परिवारले भने भूकम्पपछि मात्रै यसरी बत्ती बालेको दाबी गरेका छन् । ‘हामीले भूकम्पछि पैसा तिरेको बील देखाउन भन्यौ, इन्जिनियर मानन्धरले भने ‘तर उहाँहरुले देखाउन सक्नुभएन् । त्यसैले चोरी धेरै अघिदेखि भएको हुन्छ सक्छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’

बडाध्यक्ष लामा उपर विद्यूत चोरी ऐन २०५९ अनुसार कारबाही गरिने विद्युत प्राविधिरण बनेपा शाखाले जनाएको छ । ऐन अनुसार एकवर्ष खपत यूनिट रकम बराबरको जरिवाना र बाँकी बक्यौता तिर्नु पर्ने हुन्छ । यदि विद्यूत चोरी गरेको पुष्टिभएको ३५ दिनभित्र विद्यूत प्राविधिरणमा सबै बक्यौता नतिरे ६ महिनासम्म कैद हुने कानुनी ब्यवस्था छ । खबरघरबाट

प्रकाशित मिति : 08:14