विमानस्थलबाट ६ किलो सुनसहित ४ जना भारतीय नागरिक पक्राउ
२१ चैत, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो सुनसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ । प्रहरीले पक्राउ पर्नेकाे परिचय भने खुलाएकाे छैन ।

थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौँ आएका भारतीय नागरिकले जलप लगाएर गरगहनाको रुपमा सुन ल्याएकाे प्रहरीले जनाएकाे छ । अनुसन्धान जारी भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 19:20









