३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

नेपाल बार मतगणना अपडेटः वामपन्थी उम्मेद्वार अगाडी, अध्यक्षमा श्रेष्ठकाे अग्रता फराकिलाे बन्दै

२१ चैत,काठमाडौँ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहको अग्रता देखिएको छ।

काठमाडाैँ जिल्ला अदालत बार र पाटन उच्च अदाल बारको करीव ५ सय मत गन्न बाँकी रहँदा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ भन्दा ९४ मतले पछि परेका छन ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ६ सय ७७ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ५ सय ८३ मतका साथ पछ्याइरहेका छन् । महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ । उच्च अदालत बार पाटन र काठमाडौँ बारको मतगणना सकिएपछि आजै अन्तिम परिणाम आउने सम्भावना छ ।

प्रकाशित मिति : 16:46