एसईईकाे प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक, प्रहरी र शिक्षककाे समेत संलग्नता
२१ चैत, काठमाडौँ । प्रदेश २ काे एसईई परीक्षाको प्रश्नपत्र परिक्षाअघि नै बाहिर ल्याउने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेको हो । पक्राउ पर्ने प्रहरीमा सप्तरीको राजविराज–१० का ब्रम्हदेव सुनरैत र कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल छन् । उनीहरु इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् थिए ।
अन्यमा पक्राउ पर्ने शिक्षक मनोज यादव, विष्णुदेव यादव राजेश यादव र उमेश यादव छन् । प्रहरीका अनुसार १५ गतेको विज्ञान र १४ गतेको सामाजिक विषयको प्रश्नपत्र ब्रम्हदेव सुनरैतमार्फत चुहिएको थियो । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिचेर दाइ विष्णुदेव यादवलाई पठाएका थिए । यादवले पहिले मनोजलाई पठाएका थिए । र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।
प्रकाशित मिति : 16:08







