३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

प्रधानाध्यापकले श्राद्धकालागि विद्यार्थीलाई पात टिप्न  पठाएपछि…

चैत्र २१,प्युठान । प्युठानमा प्रधानाध्यापकले अाफ्नाे घरकाे १३ अाैँ दिनकाे पुण्यतिथिकालागि विद्यार्थीलाई पात टिप्न  जङगल पठाएकी छिन् । प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई जङगल पठाएकी हुन् ।

प्रधानाध्यापक जसले पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भन्दै  विभेद गरेर बाहुन, क्षेत्रीका छोराछोरी मात्र पात टिप्न जाने निर्देशन दिएपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ ।  प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा फोन गरेर विद्यार्थीलाई सालको पात टिपेर भोलिपल्ट पुण्यतिथिमा आफ्नो घर पठाइदिनू भनेकीथिइन् ।

फोनमा श्रेष्ठले दलित विद्यार्थीलाई नपठाउनू भनेको विद्यार्थीहरूले बताएका छन् । दलित विद्यार्थीले घर पुगेर प्रधानाध्यापकले आफूहरूलाई भेदभाव गरेकाे बताएपछि याे घटना बाहिर अाएकाे हाे ।  गत मंगलबार जिल्ला प्रहरी कार्यालय प्युठानमा प्रधानाध्यापक श्रेष्ठले जातीय विभेद गरेको भन्दै जाहेरी दर्ता भएको छ ।

प्रकाशित मिति : 14:45