११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नेपाल बार एशोसिएसनमा वामपन्थी उम्मेद्वार अगाडी, अध्यक्षमा श्रेष्ठको अग्रता

२१ चैत,काठमाडौँ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहको अग्रता देखिएको छ।

काठमाडाैँ जिल्ला अदालत बार र पाटन उच्च अदाल बारको करीव १३ सय मत गन्न बाँकी रहँदा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ भन्दा ५३ मतले पछि परेका छन ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मतका साथ पछ्याइरहेका छन् । महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ । उच्च अदालत बार पाटन र काठमाडौं बारको मतगणना सकिएपछि आजै साँझसम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

प्रकाशित मिति : April 4, 2019 at 2:05 pm