७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीचको छलफल बालुवाटारमा जारी

२१ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रदेशका मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त छलफल गरिरहेका छन । केन्द्र र प्रदेश सरकारबीच सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्र समृद्धिको महाअभियान सार्थक बनाउने हेतुले प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाइ बालुवाटार बोलाएका हुन । जारी छलफलमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको  छ । छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने समेत दिँदैछन ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

प्रकाशित मिति : 09:56