अनेरास्ववियुका महासचिव महरले बाराका आँधि पीडित विद्यार्थीको गुनासो मन्त्रीसम्म यसरी पुर्याए (भिडियोसहित)
२१ चैत, बारा । अनेरास्ववियुका महासचिव ऐन महरले बाराका आँधि पीडित विद्यार्थीको गुनासो सम्बन्धित मन्त्रीसम्म पुर्याइदिएका छन । आँधि पीडितको सहयोगका निम्ति अनेरास्ववियुको नेतृत्व गर्दै बाराको फेटा गाउँपालिका वडा नम्बर १ मा रहेका महासचिव महरले बुधबार संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नम्बर २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव, माध्यामिकशिक्षा परीक्षा बोर्डका निर्देशक लगायतसँग पीडित विद्यार्थीको पत्यक्ष कुराकानी गराएर गुनासो राख्ने अवसर सिर्जना गरिदिएका छन ।

विद्यार्थीहरूले केहीदिन समय दिन र मानसिक रूपमा परीक्षाका लागि तयार हुने वातावरण तयार गरिदिन अनुरोध गरेका छन । प्रश्नपत्र बाहिरिएपछि एसइइ परीक्षा दिइरहेका विद्यार्थीहरू मारमा परेका छन । उनीहरूको परीक्षा रद्द गरिएपछि सरेको परीक्षा भोलि २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ । तर विद्यार्थीले मानसिक रूपमा तयार हुन नसकेको भन्दै केहीदिन परीक्षा सारिदिन अनुरोध गरेका छन । भिडियो हेर्नुहोस्
प्रकाशित मिति : 09:33









