८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

एमालेको एकल बर्चस्व रहेको धनकुटाका २२ बहुवर्षीय योजना अलपत्र

https://www.muktinathbank.com.np/online/loan-application

१९ चैत, धनकुटा । शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् । धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम रु आठ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताउनुभयो ।

चौधरीका अनुसार शान्तिका लागि विकास कार्यक्रममा वार्षिक रकम विनियोजन गरेर क्रमशः योजना सञ्चालन हुने १२ वटा विद्यालय, छ वटा सामुदायिक भवन, तीन पार्क र एक मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

जिल्लाका विभिन्न योजनामा कूल रु तीन करोड लागत स्टिमेट गरी सञ्चालित विभिन्न क्षेत्रमा भौतिक निर्माणका कार्य गर्न गत वर्षसम्ममा रु ७९ लाख ११ हजार ५०० निकासा भई काम गरिए भए पनि यस वर्ष कुनै पनि योजनाको रकम विनियोजन नभएका कारण २२ वटा नै योजना अपूरो रहेको कार्यालय प्रमुख चौधरीको बताउनुभयो ।

शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत बहुवर्षीय योजनाअन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको काम थालनी भएसँगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ । शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना कुनै शुरुवाती चरणमा रहेका छन् भने कुनै सम्पन्न चरणमा रहेका छन् ।

अहिले शान्ति मन्त्रालयसमेत गाभिएपछि जिल्लामा सञ्चालित बहुवर्षीय अपूरा योजनाको सञ्चालनको जिम्मेवारी अब स्थानीय तहमार्फत सञ्चालन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले बताउनुभयो । रासस

प्रकाशित मिति : April 2, 2018 at 8:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/