३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

पैसाको लोभमा लम्जुङका ३० वर्षीय युवककाे हत्या गर्ने पोखराका ६८ वर्षीय बृद्ध प्रहरी खाेरमा

१९ चैत, बुटवल । पैसाको लोभमा पोखराका ६८ वर्षीय बृद्धले लम्जुङका ३० वर्षीय युवककाे हत्या गरेकाे खुलासा भएकाे छ । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेका हुन् ।

पाण्डेको चैत १ गते बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरमा हत्या भएको थियो । फरक–फरक नाम भन्दै हिँड्ने सुनारले पाण्डेको हत्या गरेको पत्ता लागेपछि प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको छ ।

फाइल फाेटाे

प्रहरीले पाण्डेको साथमा रहेको ३ लाख ८८ हजार नगद बरामद गरेकाे बताएको छ । सुनारले पाण्डेबाट लुटेको पैसाले सुनको बेरुवा औठी, सुनको लकेट, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक थापाका अनुसार मृतक पाण्डे र सुनार विगतमा अपराध गरेको अभियोगमा जेलमा सँगै बसेका व्यक्ति हुन् । जेलबाट छुटेपछि पैसाको लोभमा सुनारले पाण्डेलाई ढुंगाले हानेर मारेको पाइएको छ ।

प्रकाशित मिति : 17:43